धनकुटा । धनकुटाको धनकुटा नगरपालिका –४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका –९ झुम्का घर भइ हाल धनकुटा नगरपालिका –७ सब्जीलाइनका ५५ वर्षीय विशाल चौधरी छन् । जिल्ला अस्पताल धनकुटामा बिहान ९ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
त्यस्तै, दुर्घटनामा परेर धनकुटा नगरपालिका –१ हिलेका ३२ वर्षीय श्याम तामाङ घाइते भएका छन् । घाइते तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
बिहान करिब ७ः३० बजे धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको को २५ प १७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।