आइतवार, श्रावण २४ गते २०८३

मन्त्री नआएपछि मंगलबारको प्रतिनिधि सभा बैठक पनि स्थगित

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलमा हुँदा मन्त्रीहरू उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

९ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा ३ जनामात्रै मन्त्री सहभागी भएको भन्दै विपक्षीले सदनमा मन्त्रीहरूको अनिवार्य उपस्थिति खोजेका छन् ।

हिजो पनि एमालेका सांसद राजेन्द्र राई रोष्ट्रममा उभिएर बसेपछि सभामुखले बैठक रोकेर मन्त्रीहरूलाई बोलाएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार