आइतवार, श्रावण २४ गते २०८३

एकैपटक १६ विश्वविद्यालयको ऐन संशोधन हुँदै, कुन कुनको हुँदैछ संशोधन ?

मंगलवार , आषाढ २, २०८३

 

काठमाडौं । सरकारले एकैपटक १६ वटा विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ । हरेक विश्वविद्यालयको छुट्टाछुट्टै ऐन रहेको छ । 

विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कानुनमार्फत संशोधन गर्न लागेको हो ।

यि ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयसम्बन्धी केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ तयार गरेको छ । 

बदलिंदो राजनीतिक परिस्थिती अनुसार विश्वविद्यालयको लागि आफू अनुकूलको कानुन बनाउन ऐन संशोधन गर्न लागिएको हो ।

ऐन संशोधन सम्बन्धी विधेयकमा हरेक विश्वविद्यालयमा पदाधिकारी नियुक्ति तथा उनीहरुको लागि आवश्यक योग्यता तथा अनुभवको विषयलाई समेटिएको छ । 

मन्त्रालयले उक्त विधेयकमा आवश्यक सुझाव पेश गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । मन्त्रालयले आफ्नो वेवसाईटमा उक्त विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको हो । 


यि हुन संशोधन हुन लागेका विश्वविद्यालय र ऐनहरु । 

नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३
काठमाडौं विश्वविद्यालय ऐन, २०४८
त्रिभुवन विश्वविद्यालय ऐन, २०५९
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०
पोखरा विश्वविद्यालय ऐन, २०५३
लुम्बिनीवौद्ध विश्वविद्यालय ऐन, २०६३
सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७
कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७
नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ 
राजर्षीजनक विश्वविद्यालय ऐन, २०७४
विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय,२०७९
मदनभण्डारी विश्वविद्यालय ऐन, २०७९
नेपाल विश्वविद्यालय ऐन, २०८१
श्हिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार