आइतवार, श्रावण २४ गते २०८३

एमाले नेता पोखरेलको श्रीमती मिरालाई गम्भिर स्वास्थ्य समस्या, पार्टी पुनर्गठन अभियानको स्वागत

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी )एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेललाई गम्भिर स्वास्थ्य समस्या देखिएको छ । श्रीमतीको स्वास्थ्य हेरचाहमा लाग्नुपरेकोले पोखरेल एमालेको पुनर्गठन अभियानमा लाग्न समेत पाएका छैनन् । 

पोखरेलले श्रीमती मिरालाई कस्तो रोग लागेको उल्लेख गरेका छैनन्, तर बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको यो महत्त्वपूर्ण अभियानमा आफू भने तत्काल प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने जानकारी दिएका छन्। 

तर, उनले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न सुरु गरिएको ‘आत्म समीक्षा र पुनर्गठन’ अभियानको पूर्ण सफलताको कामना गरेका छन्। फेसबुकमार्फत उनले पार्टी पङ्क्ति र जनअपेक्षा अनुसार यो अभियान सफल हुने विश्वास व्यक्त गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अभियानका क्रममा विभिन्न बाधा व्यवधान र आरोप लान्छनाहरू आइलागे पनि विचलित नभई लक्ष्यमा पुग्न शुभकामना दिएका छन्।

उनले लेखेका छन्, ‘जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप लाञ्छना लगाइए पनि आम पार्टी पङ्क्ति र जनअपेक्षा अनुसार यो अभियान सफलताका साथ पूरा हुने विश्वास व्यक्त गर्दछु।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार