आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनका सहभागीलाई चितवनको होटलमा २५ प्रतिशतसम्म छुट

बुधवार , आषाढ ३, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागीलाई चितवनका होटल व्यवसायीले २५ प्रतिशतसम्म छुट दिने भएका छन् ।

साथै, महाधिवेसशनमा सहभागी हसन आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा कुनै कमी हुन नदिने पनि उनीहरुले बताएका छन् । 

होटल व्यवसायी संघ चितवनका  अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५ प्रतिशत, खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । रास्वपाको प्रथम महाधिवेशन आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ । 

भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई  छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाए वा नपाएको  अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको  क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए ।

क्षेत्रीय होटल सङ्घमा ९०  होटल रहेका छन् । ती होटलको क्षमता १० हजारजना अट्ने क्षमता रहेको बताइएको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरु भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।

रास्वपा महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार