काठमाडौँ । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरू अत्यन्तै रोमाञ्चक मोडमा अघि बढिरहेका छन्।विश्वभरका ४८ टोलीहरूले सहभागिता जनाएको इतिहासकै सबैभन्दा ठूलो यस प्रतियोगितामा बलिया टोलीहरूलाई कमजोर मानिएका टोलीले कडा टक्कर दिइरहेका छन्।
ह्यारी केनको सनसनीपूर्ण प्रदर्शन, क्रोएसियामाथि इङ्गल्यान्डको सानदार जित
प्रतियोगिताको बहुप्रतीक्षित खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ। थॉमस टुचेलको नेतृत्वमा मैदान उत्रिएको इङ्गल्यान्डका लागि स्टार स्ट्राइकर ह्यारी केनले २ उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरे। डलासबक्स स्टेडियममा भएको यस खेलमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि इङ्गल्यान्डले आफ्नो अवसरहरूलाई सदुपयोग गर्न सफल भयो।कोलम्बियाको सानदार जित, पोर्चुगल बराबरीमा रोेकियो।
कोलम्बिया भर्सेज उज्वेकिस्तान (३–१)
विश्वकपमा डेब्यु गरिरहेको एसियाली राष्ट्र उज्वेकिस्तानलाई हराउँदै कोलम्बियाले ३–१ को सानदार जित दर्ता गरेको छ। कोलम्बियाका लागि लुइस डियाज, ड्यानियल मुनोज र जेमिन्टन क्याम्पाजले गोल गरे। उज्वेकिस्तानका अब्बोसबेक फायजुल्लाएभले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
पोर्चुगल भर्सेज प्रजातान्त्रिक गणतन्त्र कङ्गो (१–१)
अर्को रोमाञ्चक खेलमा बलियो पोर्चुगललाई कङ्गोले १–१ को बराबरीमा रोकेर स्तब्ध पारेको छ। पोर्चुगलले खेलमा नियन्त्रण राखे पनि कङ्गोको दरो रक्षापङ्क्ति तोड्न हम्मे–हम्मे परेको थियो।
अर्जेन्टिना भर्सेज अल्जेरिया (३–०)
लियोनेल मेस्सीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित निकाल्दै आफ्नो लय कायम राखेको छ।