आइतवार, श्रावण २४ गते २०८३

एभरेस्ट कलरको आइपिओ बाँडफाँट,कसरी हेर्ने ?

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं ।  एभरेस्ट कलरले सर्वसाधारणको लागि सार्वजनिक गरेको आइपिओ बिहीबार बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६५ हजार ५७० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

उक्त आइपिओमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ ।

कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रूपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो ।

जसमध्ये २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार