काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा सांसदहरुले बोलिरहेका छन् । सभामुख डिपि अर्यालले अहिले विपक्षी दलका सांसदहरुलाई बोल्ने समय दिएका छन् ।
बोल्ने क्रममा विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउनुपर्ने लगायतका विषयमा बोलिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनुपर्ने बताए ।
प्रधानमन्त्री कार्यालयबाट संवैधानिक निकायका पदाधिकारीलाई बोलाएर कुनै व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिनु गलत भएको मल्ल्ले बताए ।