काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको भाउ सामान्य घटेको छ । बुधबार तोलामा एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।