काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलोपटक ‘वरिष्ठ नेता’ को पद सिर्जना गरिने भएको छ । आगामी महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ‘वरिष्ठ नेता’ थप्ने सहमति गरिएको हो ।
रास्वपामा हाल प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेता छन् । तर, पार्टीको विधानले उनलाई चिन्दैन । बालेन रास्वपामा विलय हुँदा पदाधिकारी बस्न नचाहेपछि सभापतिपछिको वरीयतामा रहने गरी वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरिएको थियो । यो पदलाई अब वैधानिकता दिने आज बसेको सचिवालय वैठकमा सहमति जुटेको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेता बन्ने छन् । उनलाई वरिष्ठ नेतामा निरन्तरता दिने समझदारी पहिल्यै भएको बुझिएको छ ।