काठमाडौं। सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ।
संक्रमित मध्ये ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना निको भएका छन्। २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ। जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन्।
यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन्।