काठमाडौं । प्रतिनिधि सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता गुरुप्रसाद बरालले उपकुलपति छनोट कार्यविधि गलत भएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
छनोट समितिले उत्कृष्ट व्यक्तिको नाम सिफारिस गर्ने चलन छ । समितिको सिफारिसमा परेका व्यकितर्लाइ कुलपति समेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।
तर, सबै विश्वविद्यालयका उपकुलपति छनोटका लागि एकीकृत कार्यविधि बनाइु गलत भएको बरालले बताए । यो व्यवस्थाले उपकुलपति नियुक्तिमा राजनीतिक प्रभाव प्रशस्त रहने दखिएको उनले बताए । अहिलेको अवस्थाले दलगत सिफारिस भन्दा बाहिर जान नसक्ने उनले बताए ।