आइतवार, श्रावण २४ गते २०८३

उदयपुरमा स्कुल बस दुर्घटनामा ३२ जना घाइते

शनिवार , आषाढ ६, २०८३

उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा।२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार