काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार १२ बजे बस्ने भएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा सरकारका कामकारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ।
मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषदको निर्णय तथा सरकारको कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन्।
आजको बैठकमा संसदीय समितिका गतिविधि, संसदमा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।