काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई अतिथिको रुपमा पठाउने भएको छ । चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो।
तर, ओली भने नजाने तय भएको एमालेका एक नेताले जानकारी दिए।