काठमाडौं । क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट प्रकाश धौलाकोटी अध्यक्षमा चयन भएका छन् । संघको शनिबार सम्पन्न अधिवेशनले उनको नेनृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघका अनुसार वरिष्ठ उपाध्यक्षमा केशव भुल, उपाध्यक्षमा विश्वास खड्काथोकी र महासचिवमा विष्णु परियार चयन भएका छन्। त्यस्तै, सचिवमा जसिन्द्र श्रीपाइली र सम्झना विक निर्वाचित भएका छन् ।
सुविन विश्वकर्माले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्यमा अजिरसिंह विक, सरिसा आछामी, शिवराज परियार, सरस्वती सुनार, राजेश भुल, कमल विक, सागर परियार, अन्जु सुनार, उमेश विश्वकर्मा, लीलामाया ठटाल, लवण श्रीपाली र प्रकाश बीसी निर्वाचित भएका छन्।