आइतवार, श्रावण २४ गते २०८३

रास्वपा अध्यक्ष लामिछानेलाई शुभकामना दिदैं गगन थापाले भने – संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय छ

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उक्त पार्टीले अलम्बन गरेको संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् । 


रास्वपाको प्रथम महाधिवेशनको सन्दर्भमा आइतबार फेसबुकबाट शुभकामना दिदैं थापाले यस्तो बताएका हुन् । पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको बताउँदै थापाले उक्त पार्टीले राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रुपमा उपस्थित गराएको बताए । 

 पार्टीको प्रथम महाधिवेशन महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको थापाले शुभकामना सन्देशमा भनेका छन् । 

यस्तो छ थापाको शुभकामना सन्देश ।


प्रिय रवि लामिछानेजी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना१
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना१
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार