काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्थम महाधिवेशनको कार्यक्रम सञ्चालनमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह पक्षबीच भागबण्डा भएको छ ।
कार्यक्रमको सुरुवात पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए । पाँछ बजेसम्म उनैले सञ्चालन गरेका थिए । उनी पार्टी सभापति रवि पक्षका महामन्त्री हुन् ।
पाँच बजेपछि भने कार्यक्रम सञ्चालन गर्न पार्टीका अर्का महामन्त्री भुवदेव शाह आए । उनले कार्यक्रम सञ्चालन गर्दा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई वक्ताको रुपमा बोलाएका थिए । शाह पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह पक्षका महामन्त्री हुन् ।
पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रम अहिले पनि जारी छ ।