आइतवार, श्रावण २४ गते २०८३

पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा

सोमवार , आषाढ ८, २०८३

काठमाडौँ । सोमबार दिवंगत भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । खरेलको  आइतबार राति पौने १० बजे निधन भएको हो ।


दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको उपचारकै क्रममा निधन भएको थियो । २००३ सालमा काभ्रेको खरेल थोकमा जन्मिएका खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा पुर्‍याइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । 

कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिएपछि त्यहाँबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा पुर्‍याइने तय भएको छ । खरेलका पुत्र पाँचखाल नगरका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेलले दिउँसो १ बजे आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको जानकारी दिए । 

खरेल २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२र२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार