आइतवार, श्रावण २४ गते २०८३

प्रतितोला एक हजार ६ सय रूपैयाँ घट्यो सुनको भाउ

मंगलवार , आषाढ ९, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला चार हजार सात सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार