विश्वकप फुटवल(२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा अल्जेरियाले जोर्डनविरुद्ध रोमाञ्चक जित हात पारेको छ। १–० गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै अल्जेरियाले जोर्डनलाई २–१ ले पाखा लगाएको हो।
खेलको ६९ औँ मिनेटमा अल्जेरियाले १ गोल गर्दै खेललाईमा बराबरीमा ल्याएका थिए। अहमद नादिरले हेडमार्फत् जोर्डनविरुद्ध पहिलो गोल गरेका हुन्। खेलको पहिलो हाफमा जोर्डनले अस्ट्रियाविरुद्ध १(० गोलको अग्रता बनाएको थियो।
जोर्डनका लागि ३६ औँ मिनेटमा नाजिर अल रसदानले पहिलो गोल गरेका थिए। सान फ्रान्सिस्कोस्थित क्यालिफोर्नियाको सान्ता क्लारामा समूह ‘जे’को खेल भएको हो।
यसअघिको पहिलो खेलमा जोर्डन अस्ट्रियासँग ३–१ ले पराजित बनेको थियो। गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ।