काठमाडौं । कीर्तिपुर होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न अलिटमेटम दिइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई मंगलबार सूचना टाँसेर यस्तो अल्टिमेटम दिएको हो ।
समितिले शुक्रबारसम्म आफ्नो व्यवस्थापन आफै गरेर होल्डिङ सेन्टर खाली गर्न भनेको हो ।
कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई स्वस् व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिए।