मंगलवार, आश्विन १३ गते २०८३

घट्यो सुन–चाँदीको भाउ

बुधवार , आषाढ १०, २०८३

काठमाडौँ। आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चमर सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार