आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशन– मतदान गर्न ११ घण्टा लाग्ने, नतिजा भोली बिहानमात्रै

बुधवार , आषाढ १०, २०८३

चितवन । रास्वपाको महाधिवेशनमा उम्मेवाहरुको अन्तिम नामावली उपलब्ध नहुँदा मतदानमा विलम्व भएको छ ।

मतदानका लागि करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ । ती हरेक मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली इन्ट्री गर्नुपर्ने हुन्छ ।त्यसका लागि १०–१५ घण्टा समय माग गरिए पनि अहिलेको अवस्थामा ५–६ घण्टामा इन्ट्रीको काम सक्ने गरी तयारी गरिएको छ ।

रास्वपा विधान अनुसार निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य चुनिन्छन् । तर करिब ४०० जनाको मनोनयन दर्ता भएको छ । यस अनुसार एक जना प्रतिनिधिले ९९ केन्द्रीय सदस्यलाई भोट हाल्नुपर्छ । त्यसैले एक जना प्रतिनिधिलाई मतदान गर्न करिब १५ देखि १८ मिनेटसम्म लाग्ने अनुमान छ ।

मतदानका लागि ८० वटा मेसिन जडान गरेकाले सरदरमा १८ मिनेटमा ८० जनाले मतदान गरिसक्छन् । यस हिसाबले करिब ४ हजार प्रतिनिधिलाई मतदान गरिसक्न करिब १० देखि ११ घण्टा लाग्ने अनुमान छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार