काठमाडौं । एनआईसी एसिया बैंकले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
त्यससम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख वित्तिय अधिकृत रुपेश लुइँटेल र क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६३ हजारको ५० प्रतिशत बराबर हुनेगरी प्रतिकित्ता एक सय अंकित मूल्यका सात करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।