आइतवार, श्रावण २४ गते २०८३

क्रियाशील सदस्यता वितरण प्रभावकारी बनाउन कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय सदस्य, कुन जिल्लामा को ?

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन तथा आवश्यक सहजीकरण गर्न नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । पार्टीको १५ औं महाधिवेशनका निम्ति सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान २० गते सकिदैंछ । 


केन्द्रबाट खटाइएका प्रतिनिधिहरुले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भएर समन्वय तथा सहजीकरण गर्नुपर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

जिल्लामा खटाइएका केन्द्रीय सदस्यहरुमा अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वाँर, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउँद ऐरी, बैतडीमा सुशिला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडुलाई छन् ।


कैलालीमा मधु आचार्य, हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेल खड्का, मुगुमा युवराज पाण्डे, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोखरेल, सल्यानमा केशवराज आचार्य, रुकुम पश्चिममा नारायण कोइराला, जाजरकोटमा छाया सुनार, रुकुममा भिम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरीलाई प्रतिनिधि तोकिएको छ । 

अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा, परासीमा केशवप्रसाद निरौला, गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुशुमदेवी थापामगर, मनाङमा मनकुमारी गुरुङ्ग, मुस्ताङमा जगदिश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दिपक भट्टराई खटिएका छन् । 


नवलपुरमा डा।गोपाल दहित, दोलखामा ओम घर्तीमगर, रामेछापमा सिता मिजार, सिन्धुलीमा डा।मुकेश काफ्ले, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, काठमाडौंमा उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, मकवानपुरमा बद्रीप्रसाद अर्याल, सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोखरेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहतमा प्रमोदहरि गुरागाईँ प्रतिनिधि तोकिएका छन् । 

बारामा मधुराप्रसाद घिमिरे, पर्सामा उज्वलप्रसाद बराल, ताप्लेजुङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुशीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दिपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दिपक अधिकारी, ओखलढुंगामा आङगेलु शेर्पा खटिएका छन् ।

1.jpg
undefined

2.jpg

3.jpg
undefined
4.jpg
undefined

प्रतिक्रिया
सम्बन्धित समाचार