शनिवार, कार्तिक ८ गते २०८३

सुनसरीमा हात्तीले लियो महिलाको ज्यान, स्थानियले थाले प्रदर्शन

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। सुनसरीमा हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ।  जिल्लाको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा सोमबार हात्तीको आक्रमणबाट ६५ वर्षीया ममनीदेवी खत्वेको ज्यान गएको हो। 

घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले अक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए। खत्वेको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्।

पटक-पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार