आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनले प्रतिनिधि सभा प्रभावित, बिहिबारको बैठक स्थगित

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएपछि बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।


सूचनामा विशेष कारणबस बैठक स्थगित गरेको भनिएको छ । तर, एकसय ८२ सिट रहेको रास्वपाका सांसदहरु महाधिवेशन प्रयोजनको लागि चितवनमै रहेका कारण बैठक हुन नसक्ने भएपछि स्थगित गरिएको हो । 

बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो ।  संसद् सचिवालयका अनुसार अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार