आइतवार, आश्विन २५ गते २०८३

एमसीसी सम्झौता प्रचण्डले गिजोले, दुई सभामुखले धुसी पारे : गोकुल बास्कोटा

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले एमसीसी पास नहुनुमा मुख्य दोषी प्रचण्ड रहेको आरोप लगाएका छन्।
प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर एमसीसी सम्झौता प्रचण्डले गिजोलेको आरोप लगाए।

उनले कार्यक्रममा भने ‘एमसीसीको सम्झौता गर्‍या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्‍या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्‍या’छ। केपी ओली हुँदा एउटा कुरा गर्‍या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्‍या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’

प्रचण्डकै कारण एमसीसी सम्झौता संसदमा पेश हुन नसकेको उनले बताए । तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको उनले टिप्पणी गरे। केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोज्दा सभामुखले रोकेको पनि बास्कोटाले बताए ।

‘कृष्णबहादुर महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उनले भने ।
एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार