आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशन– केन्द्रीय सदस्यको मतदान सकियो

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ । आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो ।

रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो । नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ ।

गत ७ असारदेखि रास्वपाको महाधिवेशन जारी छ । चितवनको भरतपुरमा भएको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार