आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनका कारण शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित, अब शनिबार बस्ने

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । शुक्रबारलाई बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगितबारे जानकारी गराएको हो । 


 अर्को बैठक शनिबार दिउँसो एक बजे बस्ने सूचनामा उल्लेख छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । उक्त पार्टीका संसंद सदस्यहरु उतै व्यस्त भएका कारण बैठक स्थगित गरिएको हो । तर संसद सचिवालयको सूचनामा भने यसबारेमा खुलाइएको छैन । यसअघि बुधबारको लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार