आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस महामन्त्री घिमिरे र शेखरबीच विराटनगरमा भेटघाट, के भयो कुराकानी ?

शुक्रवार , आषाढ १२, २०८३

विराटनगर । आन्तरिक विवाद चर्किरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा। शेखर कोइरालाबीच शुक्रबार भेट भएको छ । 

शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा पार्टीको आन्तरिक राजनीति र समसामयिक विषयमा कुराकानी भएको छ ।  कोइरालासँगको भेटपछि महामन्त्री मिमिरेले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा। शेखर कोइरालासँग भेटघाट र छलफल ।’

महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार