आइतवार, श्रावण २४ गते २०८३

पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । अष्ट्रेलिया समूह उपविजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलभर दुवै टोलीले गोल गर्न उत्तिकै अवसर पाएपनि गोल गर्न सकेनन् । समूह ‘डी’ बाट अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सहआयोजक अमेरिका ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ । तेस्रो स्थानमा रहेकामध्ये चौथो स्थानमा रहेको पाराग्वे नकआउटमा पुग्ने नपुग्ने निर्णय अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ । तेस्रोमध्ये उत्कृष्ट ८ मा पर्न सकेन पाराग्वे नकआउटमा पुग्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार