सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा १३३० कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३३० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। १ हजार ८३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार