आइतवार, श्रावण २४ गते २०८३

अनेरास्ववियुले गरे राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन् । 

कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो ।

उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेथिति अन्त्य गर, अनियमितता छानविन गर, दोषीलाई कारबाही गर, शैक्षिक न्याय कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।साथै विद्यार्थीहरूले चाँडो नजिता सार्वजनिक गर्ने नाममा त्रुटि गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार