आइतवार, श्रावण २४ गते २०८३

रास्वपामा निर्वाचित पाँच पदाधिकारीको परिणाम सार्वजनिक

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

महिला उपसभापतिका लागि भएको निर्वाचनमा सोबिता गौतमले जित हात पारेकी छिन् ।गौतमले ७८९ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे ।

सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् । उनले ७ सय ३७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार