आइतवार, श्रावण २४ गते २०८३

भक्तपुरमा छोराले गरे आमाको हत्या

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

उदयपुर कटारी नगरपालिका–५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे मेघियामाथि उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार