काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले योग्य सचिवको खोजी गरेका छन् ।
सुरुवातीबाटै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतका समस्या भोगिरहेका मन्त्री पुनले यतिखेर भने मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर असार १७ गते बुधबारदेखि अवकाश लिँदै हुनुहुन्छ ।’
मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्नसक्ने सचिव चाहिएको बताएका छन् । उनले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा गरेका छन् ।