आइतवार, श्रावण २४ गते २०८३

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

आइतवार , आषाढ १४, २०८३

कर्णाली । ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ ।

कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए । उनले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताए ।


प्रदेश सचिव केसीका अनुसार प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले २० लाख रुपैयाँ सहयोग गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार