आइतवार, श्रावण २४ गते २०८३

संसदमा प्रधानमन्त्रीको प्रतिनिधि मन्त्री पुन

आइतवार , आषाढ १४, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई संसद्को जिम्मेवारी दिएका छन् । 

प्रधानमन्त्री शाहले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो तर्फबाट प्रतिवेदन र विधेयक पेस गर्ने जिम्मा मन्त्री पुनलाई दिएका हुन् ।

संसद सचिवालयकाअनुसार प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री पुनले महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन २०८३ पेस गर्नेछन् । 
 
यसैगरी प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्नेछन् । त्यसपछि उक्त विधेयकलाई मन्त्री पुनले सदनमा प्रस्तुत गर्नेछन् ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार