आइतवार, श्रावण २४ गते २०८३

चार पूर्व प्रधानमन्त्रीलाइ साथैमा राखेर पूर्व राष्ट्रपति भण्डारीले भनिन् –कम्युनिष्ट आन्दोलनलाई परिवर्तन आवश्यक

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन् । 

मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले गत फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने समेत बताईन् । 


‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको बताउँदै भण्डारीले एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो हुने बताईन् । उनले भनिन्, ‘तथापि जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’


उनले बदलिँदो पुस्ताको आकांक्षाबारे कम्युनिस्ट आन्दोलनले समयानुकूल निरन्तर परिस्कृत गर्नुपर्ने महसुस भएको बताइन्। ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ,’ उनले भनिन्, ‘बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपुर्छ ।विगतको उपलब्धिको स्मृरणमात्रै पर्याप्त हुँदैन ।’

उनले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको पनि बताइन् । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार