आइतवार, श्रावण २४ गते २०८३

एमाले नेता गोकुल बास्कोटाको टीप्पणी –कम्युनिष्ट एकता असफलता छोप्ने भुत्ते हतियार मात्रै

सोमवार , आषाढ १५, २०८३

 

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासलाई असफलता ढाक्ने भुत्ते हरियारको संज्ञा दिएका छन् । 

कम्युनिष्ट एकताको प्रयासप्रति कडा टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेखेका छन् । जहाँ उनले पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्। 

उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।’ 
उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन्। बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो(भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौरु’ 

प्रतिक्रिया
सम्बन्धित समाचार