आइतवार, श्रावण २४ गते २०८३

अटिजम : लक्षण, असर र समाजको दायित्व

सोमवार , आषाढ १५, २०८३

काठमाडौँ ।पछिल्लो समय विश्वभर र नेपालमा पनि अटिजम शब्द बढी सुन्न थालिएको छ। तर, अझै पनि आम नागरिकमा अटिजम भनेको के हो र यसले बालबालिका तथा उनीहरूको परिवारमा कस्तो असर पार्छ भन्नेबारे स्पष्ट बुझाइको कमी देखिन्छ। अटिजम कुनै रोग नभएर मस्तिष्कको विशेष प्रकारको विकास अवस्था(Neuro-developmental disorder) हो। 

के हो अटिजम?
अटिजम(पूर्ण रूप: अटिजम स्पेक्ट्रम डिसअर्डर - ASD) बालबालिकाको जन्मजात अवस्था हो, जसले उनीहरूको सञ्चार(Communication) , सामाजिक अन्तरक्रिया(Social Interaction)  र व्यवहार गर्ने क्षमतामा असर पुयाउँछ। यो कुनै सरुवा रोग वा निको पार्न सकिने बिरामी होइनस बरु यो एउटा फरक क्षमता वा मस्तिष्कको भिन्न बनावट हो। सामान्यतया बच्चा जन्मेको १ देखि ३ वर्ष भित्र यसका लक्षणहरू स्पष्ट रूपमा देखिन थाल्छन्।

अटिजमका मुख्य लक्षण र असरहरू
अटिजम भएका व्यक्तिहरूमा देखिने असर र लक्षणहरूलाई मुख्य रूपमा तीन भागमा वर्गीकरण गरेर हेर्न सकिन्छस्

१ सामाजिक अन्तरक्रियामा कठिनाइ(Social Challenges) 

आँखामा आँखा जुधाएर(Eye Contact)  कुरा गर्न गाह्रो मान्ने।

आफ्नै संसारमा हराउन मन पराउने, एक्लै बस्न रुचाउने र साथीहरू बनाउन रुचि नदेखाउने।

आफ्नो नाम बोलाउँदा पनि नसुनेझैँ गर्ने।

२ भाषा र सञ्चारमा समस्या(Communication Barriers) 

ढिलो गरी बोली फुट्ने वा कतिपय अवस्थामा बोली नै नआउने।

अरूले भनेका शब्द वा वाक्यहरूलाई लगातार दोहोयाइरहने (Echolalia)

आफ्ना आवश्यकताहरू इसारा वा अरूको हात समातेर देखाउने तर शब्दमा व्यक्त गर्न नसक्ने।

३ व्यवहारमा एकैनासपन र अनौठोपन(Repetitive Behaviors) 

एउटै काम वा खेल खेलिरहनु ९जस्तैस् खेलौना गाडीको पाङ्ग्रा मात्र घुमाइरहने।

हात हल्लाउने(Flapping) , एउटै ठाउँमा घुमिरहने वा ट्याक(ट्याक आवाज निकाल्ने।

आफ्नो दैनिक तालिकामा थोरै मात्र परिवर्तन आउँदा पनि अत्यधिक रिसाउने वा रुने।

चम्किलो बत्ती, ठुलो आवाज वा कडा गन्धप्रति असाधारण रूपमा संवेदनशील हुने।

परिवार र समाजमा पर्ने असर
अटिजमको असर सम्बन्धित बच्चामा मात्र सीमित हुँदैन, यसले पूरै परिवारको जीवनशैलीमा प्रभाव पार्छस्

अभिभावकमा मानसिक र आर्थिक तनावस् बच्चाको फरक व्यवहार बुझ्न र व्यवस्थापन गर्न आमाबाबुलाई सुरुवाती दिनमा निकै मानसिक तनाव हुन्छ। थेरापी र विशेष शिक्षा महँगो हुने भएकाले आर्थिक भार पनि थपिन्छ।

सामाजिक सामाजिक बहिष्करणस् समाजमा अझै पनि चेतनाको कमी भएका कारण यस्ता बालबालिकालाई पागल वा लाटो भन्दै जिस्क्याउने र परिवारलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति छ।

समाधान र हाम्रो दायित्व
अटिजमको कुनै औषधि वा स्थायी उपचार छैन। तर, सही समयमा (Early Intervention)यसको पहिचान गरी स्पिच थेरापी (Speech Therapy), अकुपेसनल थेरापी(Occupational Therapy)  र व्यवहारिक तालिम दिन सकेमा उनीहरूको जीवन धेरै सहज बन्न सक्छ।

अटिजम भएका कतिपय बालबालिकाहरूमा चित्रकला, संगीत, गणित वा कम्प्युटर जस्ता क्षेत्रमा अद्भुत र असाधारण क्षमता (Genius) हुन सक्छ। उनीहरूलाई दया होइन, माया, प्रोत्साहन र अवसरको खाँचो पर्छ। उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउन सरकारी स्तरबाटै विशेष विद्यालय, तालिम केन्द्र र स्वास्थ्य उपचारमा सहुलियत दिनु आजको आवश्यकता हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार