आइतवार, श्रावण २४ गते २०८३

सेयर कारोबारमा १ प्रतिशत थप शुल्क लिने प्रस्ताव हट्ने

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा सेयर कारोबारमा एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ ।


मस्यौदामा उल्लेखित उक्त प्रस्तावको चौतर्फी विरोध भएपछि मन्त्रालयले सो प्रावधान हटाउने निर्णयमा पुगेको हो । धितोपत्रको कारोबार गर्दा लगानीकर्ताले धितोपत्र बोर्ड तथा ब्रोकरलाई विभिन्न किसिमका शुल्क र कमिसन बुझाउँदै आएका छन् ।

मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव मस्यौदामा छ ।


हाल धितोपत्रको कारोबार हुँदा लगानीकर्ताले धितोपत्र बोर्डलाई कारोबार रकमको ०।०१५ र ब्रोकरलाई ०.२४ देखि ०.३६ प्रतिशतसम्म शुल्क तिर्नुपर्छ ।

ब्रोकरको कमिसननबाट नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले २० प्रतिशत र धितोपत्र बोर्डले ०।६ प्रतिशत लिन्छन् । साथै, लगानीकर्ताले सेयर कारोबारमा डिपोजिटरी पार्टिसिपेन्ट शुल्क २५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार