काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ।
सोमबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।