आइतवार, श्रावण २४ गते २०८३

पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ ।

विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमती दिएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो ।
पदमा हुँदा गैरकानूनी रुपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेललाई गतसाता पक्राउ गरेको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार