काठमाडौं। चिरञ्जीवि सापकोटाको अभिनय रहेको तिमी नबोलेकै राम्रो बोलको गीत सार्वजनिक भएको छ। गीत आहा टिभी युट्यूब च्यानलबमट मंगलबार सार्वजनिक गरिएको हो। गीतमा मेलिना राई र कृष्ण केसीको स्वर रहेको छ।
करन न्यौपानेको शब्दर रहेको गीतमा गायक केसीले नै संगीत भरेका छन्। भिडियोमा चिरञ्जीविलाई ईश्वरी हमाल ठकुरीले अभिनयमा साथ दिएकी छन् । यस्तै भिडियोमा पवन खतिवडा (म्याकुरी) को पनि अभिनय छ।
भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन्।