काठमाडौं । उपकुलपति नियुक्ति प्रक्रिया अघि बढेको ८ वटा विश्वविद्यालयका लागि २४ जना अन्तिम प्रतिस्पर्धामा देखिएका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले हरेक विश्वविद्यालयमा ३ जनाको दरले नाम टुंगो लगाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका अनुसार प्रस्तावित उपकुलपति ३ ३ जनाको नाम टुंगो लगाइएको छ ।
अहिले त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
यी नामहरू समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले उपकुलपतिमा नियुक्तसम्बन्धी निर्णय गर्ने व्यवस्था छ । जसअनुसार छिट्टै प्रक्रिया पूरा गरेर नियुक्तिको तयारी भएको मन्त्रालय स्रोतको भनाइ छ । सम्भवन बुधबार वा विहिबारको मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्तिको निर्णय गर्नेछ ।
अधिकांश विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बालेन शाह हुने व्यवस्था छ । उपकुलपतिका लागि उम्मेदवार दिएका उम्मेदवारहरुको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि नाम सिफारिस भएको हो ।