आइतवार, श्रावण २४ गते २०८३

रास्वपाको पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ सम्पन्न

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । चमतीस्थित पार्टि कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा उनीहरुको शपथ गराइएको हो । 

उनीहरुलाई पार्टी सभापति रवि लामिछानेले शपथ ग्रहण गराएका हुन् । 


रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो ।

उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार