आइतवार, श्रावण २४ गते २०८३

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत  नियुक्त

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । मुलुकमा निजी क्षेत्रको अग्रणी सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत  नियुक्त भएका छन् ।  बस्नेतलाई ग्रुपले असार १७ गतेदेखि लागु हुनेगरि महाप्रबन्धकमा नियुक्त गरेको हो । उनी यसअघि अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धक थिए । 

बस्नेतले १९ वर्षअघि काभ्रे जिल्ला संवाददाता भएर कान्तिपुर दैनिकबाट काम सुरु गरेका थिए । उनीसँग समाचार रिपोर्टिङ, सेल्स, वितरण, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार